Aamaa Chainpur

 Synopsis

chainpur aama

An ode to his motherland, Aama Chainpur depicts Binod’s undying love for his birthplace of Chainpur, Nepal. The poet spent his youth wandering the fields, taking in the smells and sights of Chainpur. Follow on the poets journey of finding himself, as he navigates his youth while exploring concepts of culture, food, and everything in between.

आमा चैनपुर खण्डकाब्यमा आफू जन्मेको र सम्पूर्ण बाल्यकाल त्यही चैनपुरको माटो सुँघेर त्यही चैनपुरको माटो जिउमा दलेर अनि त्यही चैनपुरको अन्न पानी खाएर हुर्किंदा चैनपुर आमाको कहिले तिरीनसकने ऋण आफ्नो टाउकोमा बोकिएको यथार्थलाई कवितात्मक भाषामा रचनाकार बिनोद न्यौपानेले सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ यसै पनि चैनपुरलाई  प्रकृतिकी रानी अत्यन्तै सुन्दर ठाउँको रुपमा मानिन्छ यो पुस्तिकाको अर्को संयोग पुस्तकका प्रकाशक के पी भण्डारी र पुस्तकका लेखक बिनोद न्यौपाने एकै माटोमा हुर्केका एकै बारीको पखेराहरु चहारेका अत्यन्तै मिल्ने बालसखाहरु हुन् त्यही कारणले हुनुपर्छ प्रकाशकीय पनि कवितात्मक लयमा नै लेखिएको छ चैनपुरको बर्णन सरल र सरस ढंगले गरिएको छ जन्मभूमि र जन्मदात्री दुवै आमाहरु उत्तिकै स्मरणीय र समादरणीय छन् भन्ने कुरा राम्ररी यस पुस्तकमा दर्शाइएको छ पुस्तक पठनीय छ यो पुस्तक बालसाहित्यको कोटीमा पर्छ

Please Request Your Book Here