Free E-book from Binod Neupane

Baini

बैनी बाल गीतिकथामा साना साना दुई जना दिदीबहिनी बीचको  कथालाई गीतात्मक लयमा रचनाकार बिनोद न्यौपानेले बाल भाषामा प्रस्तुत गर्नुभएको छ | बहिनी मामाघर गएको बेलामा दिदीले भोगेको एक्लो पनमा दिदीले बहिनीलाई गरेको मायाको अभिव्यक्ति अत्यन्तै आकर्षक भाषामा प्रस्तुत गरिएकोछ | दिदी र बहिनी दुवै साना छन् | उनीहरुको बीचको सम्बन्ध दिदी र बहिनीको अतिरिक्त अत्यन्तै मिल्ने र संगै खेल्ने साथीसाथीको रुपमा पनि देखिन्छ | बहिनीलाई निकै दिनदेखि देख्न नपाउंदा उसलाई केही भयो कि भन्ने पीर दिदीको मनमा परेको पनि यस गीतिकथामा देख्न पाइन्छ | यो गीतिकथा धेरै नै शिक्षाप्रद छ |

“Baini” is a narrative poetry that focuses on a beautiful bond between two sisters. It’s written from the perspective of the older sister when her little sister goes away on a family trip with their mother, leaving her alone with her dad for a couple of days.

Follow along for the older sister’s emotional journey that starts off with excitement on having the house/attention all for herself, which later changes to sadness as she starts missing her partner in crime and realises home is not simply home without her little sister by her side.

baini 1

Aama Chainpur

आमा चैनपुर खण्डकाब्यमा आफू जन्मेको र सम्पूर्ण बाल्यकाल त्यही चैनपुरको माटो सुँघेर त्यही चैनपुरको माटो जिउमा दलेर अनि त्यही चैनपुरको अन्न पानी खाएर हुर्किंदा चैनपुर आमाको कहिले तिरीनसकने ऋण आफ्नो टाउकोमा बोकिएको यथार्थलाई कवितात्मक भाषामा रचनाकार बिनोद न्यौपानेले सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ | यसै पनि चैनपुरलाई प्रकृतिकी रानी अत्यन्तै सुन्दर ठाउँको रुपमा मानिन्छ | यो पुस्तिकाको अर्को संयोग पुस्तकका प्रकाशक के पी भण्डारी र पुस्तकका लेखक बिनोद न्यौपाने एकै माटोमा हुर्केका एकै बारीको पखेराहरु चहारेका अत्यन्तै मिल्ने बालसखाहरु हुन् | त्यही कारणले हुनुपर्छ प्रकाशकीय पनि कवितात्मक लयमा नै लेखिएको छ | चैनपुरको बर्णन सरल र सरस ढंगले गरिएको छ | जन्मभूमि र जन्मदात्री दुवै आमाहरु उत्तिकै स्मरणीय र समादरणीय छन् भन्ने कुरा राम्ररी यस पुस्तकमा दर्शाइएको छ | पुस्तक पठनीय छ | यो पुस्तक बालसाहित्यको कोटीमा पर्छ

An ode to his motherland, Aama Chainpur depicts Binod’s undying love for his birthplace of Chainpur, Nepal. The poet spent his youth wandering the fields, taking in the smells and sights of Chainpur.

Follow on the poets journey of finding himself, as he navigates his youth while exploring concepts of culture, food, and everything in between.

chainpusdrflip 1

Ma Buddha Bhayera Janmana Chahanchhu

बिनोद न्यौपानेको यो पुस्तक कविता संघ्रह हो | पुस्तकभित्र समेटिएका कविताहरुमध्ये एउटा कविता “म बुद्ध भएर जन्मन चाहन्छु” भन्ने शीर्षकबाट नै पुस्तकको नामकरण गरिएको छ |

यस संग्रह भित्रका कविताहरु रचनाकारले विभिन्न समयमा रचना गर्नुभएको कविताहरुलाई समेटिएको छ | यो कविता संग्रहभित्र परेका कविताहरुले ती कविताहरु जुन जुन समयमा रचना गरिएका हुन् तत् तत् समयका समसामायिक परिस्थितिहरुलाई र रचनाकार स्वयेमका आफ्ना मन भित्रका भावनाहरुलाई पनि उजागर गरेका छन् |

This poetry collection from Binod Neupane features many stand alone poems and is named after one of the poems from the collection itself. .

buddha